महानगरवासीका विकास र समृद्धिका सपनाले सार्थकता प्राप्त गर्न सकुन्ः उपमेयर डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देश व्यक्त गर्दै संविधान दिवसकै अवसरमा काठमाडौँ महानगरवासीमा संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको कार्यान्वयनका लागि अपिल गर्नुभएको छ ।

‘राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापितमा पनि जोड दिन चाहन्छु,’ उहाँले सन्देशमा भन्नुभएको छ, ‘संविधान दिवसको अवसरमा काठमाडौँ महानगरवासीका विकास र समृद्धिका सपनाले सार्थकता प्राप्त गर्न सकोस् भन्ने चाहन्छु ।

संविधान दिवसकै अवसरमा जनप्रतिनिधिको हैसियतले महानगरवासीले देखेको विकास समृद्धिको सपनामा हातेमालो गर्दै अघि बढ्ने प्रण पनि व्यक्त गर्न चाहन्छु ।’

उहाँले जारी गरेको शुभकामना सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *