लोकतन्त्रमा युवा तथा बालबालिका सम्बन्धी छलफल
काठमाडौं, ५ असोज । लोकतन्त्रमा युवा तथा बालबालिकाको विषयसम्बन्धी छलफल भएको छ ।
राजधानीमा भएकाे एक कार्यक्रममा नेपालको लोकतन्त्रमा युवा तथा बालबालिकाको सरोकारका विषयहरु माथि छलफल भएको थियो ।
कार्यक्रम सेभ द चिल्ड्रेन इन्टरनेसनल नेपाल, रेस्टलेस डभलप्मेन्ट, कन्सोर्टियम नेपाल, आयोन, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको महासंघ, एकाउन्टेविलिटि ल्याबको संयुक्त आयोजनामा भएको हाे ।
सन् २०२१ डिसेम्बर ९ र १० मा अमेरिकी राष्ट्रपति जो बाइडेनले ९८ वटा राष्ट्रहरुको उपस्थितिमा लोकतन्त्र सम्मेलनको आयोजना गरेका थिए ।
लोकतन्त्रको सुदृढिकरणको लागि नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले सातवटा विषयहरुमा प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । ति प्रतिवद्धताको आधारमा बालबालिका र युवासम्बन्धी विषयमा उक्त प्रतिवद्धताहरुको कार्यान्वयनको लागि सुझाव संकलन गरिएको थियो ।
कार्यक्रममा सरकारी निकाय, दातृ निकाय, नागरिक समाज र युवा तथा बालबालिकाहरुको सहभागिता रहेको थियो ।
छलफलमा सुचनाको हक, युवा तथा बाल सहभागिता, जलवायु परिवर्तन, सिमान्तकृत वर्गको अधिकार, यौनिक अल्पसंख्यक समुदायका सवाल र अधिकारका विषयहरुमा गरिएको थियो ।