मन्त्री श्रेष्ठद्वारा हनुमानढोका-स्वयम्भू सम्पदामार्ग शिलान्यास
काठमाडौं, ९ असोज । हनुमानढोका-स्वयम्भू सम्पदामार्ग निर्माणको शिलान्यास गरिएको छ ।
सम्पदामार्गको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले शिलान्यास गरेका हुन् ।
हनुमानढोका र स्वयम्भू दुवै विश्वसम्पदा सूचीमा सूचीकृत भएका क्षेत्र हुन् । यी दुईलाई जोड्ने २ किलोमिटर सडक निर्माणसँगै सडक क्षेत्रमा पर्ने सत्तल र मौलिक घरहरु पनि निर्माण तथा पुनर्निर्माण गर्ने जनाएकाे छ ।
यसअघि पुर्व मेयर बिद्यासुन्दर शाक्यकाे पालामा काठमाडाैं महानगरपालिकाकाे शहरी याेजना आयाेगले बृहत अध्ययन गरि याेजनाकाे डिपिआर तयार गरेका थिए ।
