एमाले सचिवालय बैठक बालकोटमा बस्दै

काठमाडौं, १३ असोज । नेकपा एमालेको सचिवालय बैठक बालकोटमा बस्दैछ ।

बैठक दिउँसोकाे तीन बजे सुरूहुने सचिवालयले जनाएकाे छ ।

बैठकमा आगामी चुनावको तयारी, टिकट वितरण लगायतबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ ।

सचिवालयका अनुसार निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीलाई पनि अन्तिम रुप दिनेबारे पनि छलफल हुनसक्ने तथा प्रत्यक्षतर्फको टिकट वितरणबारे पनि निर्णय हुने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *