बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, ६ मङ्सिर । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धान गर्न उच्च अदालत पाटनबाट गत साता पक्राउ अनुमति लिएको स्रोतले जनाएको छ ।

यसअघि प्रहरीले बानियाँका छोरा दीक्षान्तलाई पक्राउ गरेको थियो । गत वैशाखमा सम्पत्ति शुद्धीकरण विभागले बानियाँको घरमा समेत छापा मारेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *