६ वर्षपछि मलेठमा ओली

६ वर्षमा फेरिएको मलेठः एमालेका लागि कहालीलाग्दो फागुन २३ को मलेठ र उत्साहको असोज १५

मोहन बास्तोला
काठमाडौँ, १५ असोज । मधेसमा जनजागरण ल्याउने उदेश्यसहित तत्कालिन नेकपा (एमाले) ले ०७३ फागुन २१ बाट मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गरेको थियो । पञ्चायती व्यवस्थाका विरुद्ध लड्दालड्दै २०२९ फागुन २१ गते राति जेल सार्ने नाममा सुखानीको जंगलमा लगि हत्या गरिएका पाँच सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठको सम्झना गर्दै एमालेले पूर्वी नेपालको सीमा काँकडभिट्टाबाट यो अभियानको आरम्भ गरेको थियो ।

त्यतिबेला अध्यक्ष ओलीकै योजनामा मेची–महाकाली अभियानमा सञ्चालन भएको थियो । झापा जिल्लाको काँकडभिट्टाबाट ०७३ फागुन २१ मा तत्कालिन अध्यक्ष ओलीले प्रदेश नम्बर १ का संयोजक भीम आचार्यलाई राष्ट्रिय तथा पार्टीको झन्डा हस्तान्तरण गरी अभियानको औपचारिक सुरुआत गर्नुभएको थियो । यो ६ वर्षमा एमाले एक पटक पहिचान विहीन बन्यो र नेकपा नामले परिचित भयो ।

यो ६ वर्षमा मुलुकमा सरकारहरु फेरिए । संयोग नै मान्नुपर्छ, त्यतिबेला एमालेको पार्टी अध्यक्ष ओली हुनुहुन्थ्यो अहिले पनि ओली नै अध्यक्ष हुनुहुन्छ । अहिले फेरि नेकपा (एमाले) अस्तित्वमा छ । अहिले पनि ओली नै अध्यक्ष हुनुहुन्छ । तर, त्यतिबेलाका प्रभावशाली नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता भने अहिले पार्टीबाट अलग भएर छुट्टै अभियानमा हुुनुहुन्छ ।

यो ६ वर्षमा मुलुकमा सरकारहरु फेरिए । संयोग नै मान्नुपर्छ, त्यतिबेला एमालेको पार्टी अध्यक्ष ओली हुनुहुन्थ्यो अहिले पनि ओली नै अध्यक्ष हुनुहुन्छ । अहिले फेरि नेकपा (एमाले) अस्तित्वमा छ । अहिले पनि ओली नै अध्यक्ष हुनुहुन्छ । तर, त्यतिबेलाका प्रभावशाली नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता भने अहिले पार्टीबाट अलग भएर छुट्टै अभियानमा हुुनुहुन्छ

त्यतिबेला काँकडभिट्टाबाट सुरु भएको अभियान पहिलो दिन धुलाबारी, धाइजन, चारआली र बुट्टबारी हुँदै विर्तामोड पुगेको थियो । सोही दिनको दोस्रो कार्यक्रम झापाकै बिर्तामोडमा भव्य सभासहित सम्पन्न भएको थियो । सभालाई तत्कालिन पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतले सम्वोधन गर्नुभएको थियो । बिर्तामोडको भव्य कार्यक्रमपछि चारपाने, दुर्गापुर, लक्ष्मीपुर, सुरुङ्गा, माइधार, दुधे, झिलझिले, केर्खा, धरमपुर र पाडाजोगी हुँदै अभियान दमक पुगेको थियो । त्यहाँसम्म पुग्दा हजारौँले ¥यालीलाई स्वागत गरेका थिए । दमकमा अध्यक्ष ओलीलगायतले सम्वोधन गर्नुभएको थियो ।

मेची–महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन मोरङ र सुनसरीमा भव्य कार्यक्रम सम्पन्न भएका थिए । मोरङको विराट चोकमा आयोजित सभालाई अध्यक्ष ओली, तत्कालिन उपाध्यक्ष उपाध्यक्ष भीमबहादुर रावललगायतले सम्वोधन गर्नुभएको थियो । त्यसपछि त्यति दिन सुनसरीको इटहरीमा सभा भएको थियो । त्यो सभालाई सम्बोधन गर्दै तत्कालिन वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतले सम्वोधन गर्नुभएको थियो ।

मधेसमा जनजागरण ल्याउन एमालले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियानको तेस्रो दिन सोमबार प्रदेश नम्बर १ को कार्यक्रम सम्पन्न गरी एमाले प्रदेश २ मा छिर्ने तयारी गर्दै गर्दा इनरुवाको कार्यक्रममा मधेसी मोर्चाको सानो समूहले एमालेको कार्यक्रमलाई अवरोध पु¥याउने प्रयास गरेको थियो । त्यो सभामा एमालेका तत्कालिन पोलिटव्युरो सदस्य लालबाबु पण्डित र महिला नेतृ भगवती चौधरीलगायतले मन्तव्य राख्नु भएको थियो ।

त्यतिबेला एमालेलाई मधेस विरोधीको आरोप थियो भने मधेसमा ओलीलगायतका नेतालाई प्रवेशमै रोकावटको अवस्था थियो । यस्तो अवस्थामा एमालेको त्यो अभियान रोक्न २ नम्बर प्रदेशमा तत्कालिन मधेसी मोर्चाले सप्तरी बन्दको अभिया चलाएको थियो । ठाउँ–ठाउँमा जुलुस निकालेर अवरोध गरेपनि ती अवरोधलाई चिरेर एमालेको अभियान सुनसरीको भान्टाबारी, सप्तरीको भारदह हुँदै राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पुगेर भव्य आमसभाको तयारीमा थियो । असहज परिस्थितिका बिचमा पनि कार्यक्रम सम्पन्न गरेर फर्किने क्रममा प्रहरीलाई उत्तेजित बनाउँदै प्रदर्शनकारीले पेट्रोल बमलगायत प्रहार गरेपछि प्रहरीले त्यतिबेला बाध्य भएर गोली चलाएको थियो ।

मोर्चाका कार्यकर्ताले प्रहरी र एमालेको कार्यक्रमस्थलमा लक्षित गरेर निरन्तर ढुंगा प्रहार गरेपछि प्रहरीले जवाफ कारबाही गर्दा केहीको ज्यान समेत गएको थियो । त्यसपछि एमालेले केही दिन अभियान स्थगन गरेको थियो भने एमालेलाई थप मधेस विरोधीको पगरी गुथाउने प्रयासहरु भएका थिए । अहिले तराईको राजनीतिक फेरिएको मात्रै छैन एमालेको मधेसविरोध पगरी हटेको छ र एमालेप्रति मधेसको मोह बढेको छ । पछिल्लो समय मधेसवादी दलहरुको एमाले प्रवेशले पनि त्यसैको संकेत गरेको छ ।

०७३ पछिका यी करीब ६ वर्षमा सप्तकोशी र नारायणीमा धेरै पानी मात्रै बगेन । त्यो कहाली लाग्दो दृष्यपछि ओली देशको प्रधानमन्त्री बन्नुभयो । उहाँ प्रधानमन्त्री बनेपछि तराई मधेसलाई उहाँले प्राथमिकतामा राखेर बजेट मात्रै विनियोजन गर्नुभएन । त्यहाँका जनताको भरोसा पनि एमाले विस्तारै बन्न थाल्यो । हो, अहिले मधेसको दृष्य फेरिएको छ

०७३ पछिका यी करीब ६ वर्षमा सप्तकोशी र नारायणीमा धेरै पानी मात्रै बगेन । त्यो कहाली लाग्दो दृष्यपछि ओली देशको प्रधानमन्त्री बन्नुभयो । उहाँ प्रधानमन्त्री बनेपछि तराई मधेसलाई उहाँले प्राथमिकतामा राखेर बजेट मात्रै विनियोजन गर्नुभएन । त्यहाँका जनताको भरोसा पनि एमाले विस्तारै बन्न थाल्यो । हो, अहिले मधेसको दृष्य फेरिएको छ ।

कुनै बेला मधेसमा कमजोर देखिएको नेकपा (एमाले) पछिल्लो समय आफ्नो शक्तिलाई मधेश केन्द्रित बनाउने ध्यानमा लागेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पनि पछिल्लो समय तराई मधेस केन्द्रित पार्टी भेला र पार्टी प्रवेश कार्यक्रममा निकै सक्रिय देखिन थाल्नु भएको छ । एमालेले दिएको आधिकारिक जानकारी अुनसार मधेस प्रदेशका चार जिल्लाबाट मात्रै पछिल्लो समय ६० हजार ६ सय ९१ जनाले पार्टी प्रवेश गरेका छन् ।

समग्रमा भन्ने हो भने अहिले ओलीको मधेस मिसन उत्कर्षमा पुगेको छ । एक हप्ताको अवधिमा मात्रै ओलीले झण्डै चार पटक मधेस प्रदेशका कार्यक्रममा सभागी भएर त्यो सन्देश दिनुभएको छ । उहाँ शनिबार ६ वर्ष अघि मधेसी मोर्चाले एमालेको मेची–महाकाली राष्ट्रिय अभियानलाई अवरोध गरेको मलेठ क्षेत्रमा पुग्नुभएको छ । युवा संघले आयोजना गरेको सभालाई सम्वोधन गर्न त्यहाँ पुग्नुभएका ओलीको क्रेज अहिले चुलिएको छ । आज त्यहाँ कतै कालो झण्डा देखिएन, कसैले कार्यक्रममा अवरोध गर्ने प्रयास पनि गरेनन् । बरु त्यहाँ सप्तरी जिल्लाका विभिन्न पार्टीका प्रभावशाली नेताहरूलाई एमाले प्रवेश गराउन ओली सफल हुुनुभयो । यसले पनि मधेसमा ओली र एमालेको प्रभाव बढेको प्रष्ट संकेत गर्छ ।

पछिल्लो समय मधेसबाट एमाले प्रवेश गर्नेको लहर पनि बढेको देखिएको छ । एमालेले दिएको तथ्याङ्क अनुसार पर्सा जिल्लाबाट मात्रै एमालेमा प्रवेश गर्नेको संख्या ३० हजार ९० छ । सिरहा जिल्लाबाट १२ हजार २ सय १६ जनाले एमाले प्रवेश गरेका छन् । सर्लाहीबाट ७ हजार ८ सय १५ जनाले एमाले प्रवेश गरेको एमालेको तथ्याङ्क छ । रौतहटबाट १० हजार पाँच सय ७० जनाले प्रवेश गरेका छन्

त्यसो त पछिल्लो समय मधेसबाट एमाले प्रवेश गर्नेको लहर पनि बढेको देखिएको छ । एमालेले दिएको तथ्याङ्क अनुसार पर्सा जिल्लाबाट मात्रै एमालेमा प्रवेश गर्नेको संख्या ३० हजार ९० छ । सिरहा जिल्लाबाट १२ हजार २ सय १६ जनाले एमाले प्रवेश गरेका छन् । सर्लाहीबाट ७ हजार ८ सय १५ जनाले एमाले प्रवेश गरेको एमालेको तथ्याङ्क छ । रौतहटबाट १० हजार पाँच सय ७० जनाले प्रवेश गरेका छन् ।

एमाले निकै बलियो अवस्थामा रहेको झापामा १३ हजार ५ सयले एमाले प्रवेश गरेका छन् । मोरङ र सुनसरी पनि तराईका जिल्ला हुन् । ती दुई जिल्ला मध्ये मोरङमा १० हजार ९ सय ५३ र सुनसरीमा ३ हजार २५ ले एमाले प्रवेश गरेका छन् ।  प्रदेश एकका तराई जिल्लामा पनि एमालेप्रतिको आकर्षण बढेको एमालेको तथ्याङ्कमा देखिएको छ । अध्यक्ष ओलीको जिल्ला झापामा पाँच वटा निर्वाचन क्षेत्र छन् । एमाले निकै बलियो अवस्थामा रहेको झापामा १३ हजार ५ सयले एमाले प्रवेश गरेका छन् । मोरङ र सुनसरी पनि तराईका जिल्ला हुन् । ती दुई जिल्ला मध्ये मोरङमा १० हजार ९ सय ५३ र सुनसरीमा ३ हजार २५ ले एमाले प्रवेश गरेका छन् ।

पश्चिम र सुदुर पश्चिमका तराइका जिल्लामा पनि एमाले प्रवेश गर्नेको लहर देखिएको छ । एमालेको तथ्याङ्क अनुसार नवलपुरबाट १ हजार ५ सय ३७ ले एमाले प्रवेश गरेका छन् । त्यस्तै परासीबाट २ हजार २ सय ३ र रुपन्देही १० हजार ३ सय ५१ ले एमाले प्रवेश गरेका छन् । कपिलवस्तुबाट ५ हजार ९ सय ७ र बाँकेबाट ८ हजार १७ अनि कञ्चनपुरबाट ३ हजार १ सय ९५ले एमाले प्रवेश गरेका छन् । कैलालीबाट मात्रै एमाले प्रवेश गर्नेको संख्या ३ हजार ८३ छ ।