काठमाडौँका १० निर्वाचन क्षेत्रमा एमालेका यस्ता छन् उम्मेदवार, ६ मा सवेन्द्रको प्रवेश

cpnuml

काठमाडौं, २२ असोज। नेकपा (एमाले) ले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको करिब टुंगो लगाएको छ । जानकारी अनुसार काठमाडौं–१ मा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले टिकट पाउनु भएको छ । प्रदेशसभामा गणेश दुलाल र आत्मराम शर्माले पाउनु भएको छ ।

माधवकुमार नेपालले जितेको क्षेत्र २ मा नेपाल अलग पार्टीमा लागेपछि त्यहाँबाट मणिराम फुयाल उम्मेदवार बन्नुहुने छ । बागमती प्रदेशका समामुख सानु श्रेष्ठ प्रदेशबाट उम्मेदवार बन्नु भएको छ । काठमाडौैं–३ मा निवर्तमान सांसद कृष्ण राई र प्रदेशसभा सदस्यमा रामेश्वर फुयाँल र चन्द्रमान लामा हुनुहुन्छ । फुँयाल बागमती प्रदेशका पूर्व मन्त्री पनि हुनुहुन्छ । काठमाडौं–४ मा राजन भट्टराई र प्रदेशसभा सदस्यमा तेज ढकाल हुनुहुन्छ ।

काठमाडौं–५ मा ईश्वर पोखरेल उम्मेदवार हुनुहुनेछ । प्रदेशसभामा दीपक निरौला र नारायण सिलवाल उम्मेदवार बन्नुभएको छ । काठमाडौं–६ मा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालको इन्ट्री भएको छ । प्रदेशसभा सदस्यमा अमन शाक्य र निरेशलाल सिंह हुनुहुन्छ ।

जानकारी अनुसार काठमाडौं–७ मा एमालेले जसपालाई छोड्ने बुझिएको छ भने त्यहाँबाट संभवतः राजेन्द्र श्रेष्ठ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुहुनेछ । प्रदेससभा सदस्यमा श्याम घिमिरे र जीवन मानन्धरले पाउनु भएको छ ।

काठमाडौं–८ मा अष्टलक्ष्मी शाक्य उम्मेदवार बन्नुहुनेछ ।

काठमाडौँ–९ मा कृष्णगोपाल श्रेष्ठ उम्मेदवार बनाउने तयारी छ । 

काठमाडौं–१० मा रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने तयारी छ ।