निर्वाचनमा ७५ हजार सेना परिचालन हुने

काठमाडौं, २३ असाेज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ७५ हजार नेपाली सेना परिचालन हुने भएका छन्।

निर्वाचनको एकीकृत सुरक्षा योजना अनुसार करिब ७५ हजार नेपाली सेना परिचालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

चुनावको मतपत्र छपाई भइरहेको जनक शिक्षा सामग्री केन्द्रमा १४३ जना सैनिकको टोली खटिएको छ।

मतपत्र ढुवानी लगायतका काममा नेपाली सेना परिचालन हुने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभएकाे छ ।