राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, २४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा राष्ट्रपति भण्डारीलाई कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले जनाएकाे छ ।

चिकित्सकहरुका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।

राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।