राष्ट्रपति भण्डारी त्रिवि शिक्षण अस्पतालबाट आज डिस्चार्ज हुँदै
काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी आज त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुने भएकाे छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीकाे स्वास्थ्य अवस्था राम्राे भएकाेले उहाँलाई आज डिस्चार्ज गर्ने उहाँकाे उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
चिकित्सकका अनुसार उहाँकाे ज्वरो र खोकी कम भएको छ । अहिले स्वास्थ्यमा सुधार भएसँगै डिस्चार्ज गर्न लागेकाे चिकित्सकले जनाएकाे छ ।
