सर्लाहीमा बस दुर्घटना, २२ जना घाइते

सर्लाही, ३१ असाेज । सर्लाहीको पूर्व–पश्चिम लाेकमार्ग अन्तर्गत बाँके चोकमा आज बिहान भएकाे बस दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन् ।

काँकडभिट्टाबाट भैरहवाका लागि छुटेको बा ४ ख ३३७८ नम्बरको बस आज बिहान करिब ३ बजे बाँके चोक नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।

बस अनियन्त्रित भई सडककाे छेउमा पल्टिंदा २२ जना यात्रु घाइते भएका छन् भने एक जना गम्भिर घाइते भएकाे र घाइतेहरूकाे लालबन्दी र बयलबासका स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासले जनाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *