बबई र कर्णाली नदीमा दुई शव फेला
बर्दिया, ३१ असाेज । बर्दियाको बबई नदीमा बगेर आएको दुइजना पुरुषको शव फेला परेको छ ।
ठाकुरबाबा नगरपालिका–१ बबई नदीमा अन्दाजी ६० वर्षका पुरुषको शव तारजालीमा अडकिएको अवस्थामा फेला परेकाे सशस्त्र प्रहरी बलले जनाएको छ ।
शवकाे सनाखत हुन नसकेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताउनुभयो ।
यस्तै कर्णाली नदीस्थित गेरुवा गाउँपालिका–१ इन्टेकमा एक अन्दाजी ६५ वर्षका पुरुषको शव फेला परेको छ ।
काम गर्न गएका राजापुर नगरपालिका–१ सोनपुरका डिल्लीराज शर्माको खसेर मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
