बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
बर्दिया, ५ कात्तिक । बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएकाे छ ।
बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताउनुभयो ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारू हात्तीको आक्रमणमा पर्नुभएको थियो ।
पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ ।