तराई र उपत्यकामा हुस्सु–कुहिरो, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २७ कात्तिक । मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा तराई, उपत्यका तथा खोँचका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।

त्यसैगरी, आज राति पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । हिमाली क्षेत्रका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराईमा भने मौसम सफा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *