लीला गजमेरको ‘पियार’ बजारमा
काठमाडौं, ५ कात्तिक । लीला गजमेरको एकल स्वरमा ’पियार’ गीत बिहिबार युट्युब मार्फत सार्वजनिक भएकाे छ ।
‘पियार’ म्युजिक भिडियोसहित सार्वजनिक गरिएकाे हाे। गीतमा लेखु शहयात्राीको शब्द तथा संगीत रहेको छ भने बिसम आचार्यको मिक्सिङ र एरेन्ज रहेको छ।
गीतको भिडियोलाई मौसन हिमालीले निर्देशन गरेका हुन भने कोरियोग्राफी पनि हिमालीकै रहेको छ। पियार बोलको भिडियोलाई निर्देशक हिमालिले डान्सिङ शैलिमा तयार पारेका छन्।
एक ट्रक ड्राइभरले आफ्नो भट्टि साहुनी प्रेमिकाको बारेमा अरुको मुखबाट नराम्रो सुनेकाले प्रेमी रिसाएको कथा भिडियाेमा देखाइएकाे छ।
सार्वजनिक भिडियोमा अभिनेता निराजन प्रधान र अभिनेत्री प्रियांका कार्कीको अभिनय रहेको छ।