राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको भ्रमण सकेर स्वदेश फिर्ता
काठमाडौं, २६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार बिहान स्वदेश फर्किनुभएकाे छ ।
राष्ट्रपति भण्डारीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनालगाएत त्रिभूवन अन्तराष्ट्रिय विमानसथल पुग्नुभएका थिए ।
राष्ट्रपति भण्डारी कात्तिक २१ गते सोमबार महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन आइसल्याण्ड प्रस्थान गर्नुभएकाे थियाे ।