चुनावको लागि मंसिर ४ र ५ गते बिदा( पत्र सहित)
काठमाडौं, २९ कार्तिक । मंसिर ४ गते हुने मतदानका लागि दुई दिन बिदा दिने भएको छ । मतदान मंसिर ४ मा हुने भए पनि सरकारी कार्यालय र सार्वजनिक संस्थानहरू भने मंसिर ४ र ५ गते गरी दुई दिन बिदा हुने भएको छ ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी विदा सम्बन्धी सो जानकारी सार्वजनिक गरेको हो । मंसिर ३ गते शनिवार नै परेको हुनाले निर्वाचनका क्रममा अब लगातार तीन दिन बिदा हुने भएको छ ।
निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने मंसिर २ गतेदेखि ५ गतेसम्मै बन्द हुने जानकारी पनि मन्त्रालयले दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने व्यहोरा उल्लेख छ ।
कतिपय शिक्षण संस्थाहरू भने मंसिर १ गतेदेखि नै बन्द हुने जानकारी पनि अभिभावकहरूलाई दिइएको छ ।
आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ ।
