द भ्वाइसमा परिजिताको दमदार प्रस्तुति, प्रशिक्षकद्वारा ‘स्ट्यान्डिङ ओभेसन’
काठमाडौं, २९ कात्तिक । अमेरिकी गायन रियालिटी शो द भोइसमा नेपाली मूलकी परिजिता बाँस्कोटाले दमदार प्रस्तुति दिएकी छन् । अन्तिम १६ मा दिएकी प्रस्तुतिले चारै प्रशिक्षकलाई उठ्न बाध्य बनाइन् ।
परिजिता बाँस्कोटाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणको चारैजना कोचले उनको गायकीको प्रशंसा गरेका छन् ।
लेडी गागाको चर्चित गीत ‘आई विल नेभर लभ अगेन’ गीत गाएर परिजिताले कोच र दर्शकलाई मन्त्रमुग्ध बनाइन् ।
१७ वर्षीया किशोरी परिजिताको पर्फमेन्स अन्य प्रतियोगीभन्दा बलियो देखिन्छ । एक पछि अर्को चरणमा पुग्दै गरेकी परिजिता बाँस्तोला शीर्ष १६ मा परेकी छिन् भने आज बिहान ७ बजे सम्म प्राप्त गरेको मतबाट मंगलबार रातीसम्म शीर्ष १३ मा पुग्ने या नपुग्ने फैसला हुनेछ ।
उनी कति अघि बढ्नेछिन् भन्ने टुंगो चाहिं दर्शकको भोटमा निर्भर हुने देखिन्छ । परिजितालाई नेपालबाट समेत भोट गर्न सक्छन् ।
परिजितालाई मत गर्ने तरिका
अमेरिका बाहिरबाट http://Nbc.com/voicevote मा गएर आफ्नो ईमेल प्रयोग गरी आफ्नो परिचय बनाएर (प्रोफाईल क्रियट) गरेर १० पटक सम्म मतदान गर्न सकिने छ भने अमेरिकाबाट App Store/ Play store मा ‘The Voice App’ डाउनलोड गरेर एउटा उपकरण डिभाईसबाट १० पटक सम्म भोट गर्न सकिन्छ ।