देश विकास गर्ने पालो युवापुस्ताको हो : अध्यक्ष ओली

ललितपुर, २९ कात्तिक । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्ने बागडोर अब युवापुस्ताको हुनुपर्ने बताउनुभएको छ ।

अध्यक्ष ओलीले एउटै व्यक्तिले पटकपटक अवसर पाउँदा धेरै क्षेत्रमा प्रभावकारी ढङ्गले विकास हुन नसकेको जनाउँदै अब युवापुस्तालाई विकास निर्माणमा लगाउन उपयोगी हुने बताउनुभयो ।

ललितपुर क्षेत्र नं ३ को घरदैलो कार्यक्रममा आज अध्यक्ष ओलीले ललितपुर क्षेत्रमा अतियोग्य तथा अनुभवी व्यक्तिलाई उम्मेदवारका रूपमा खडा गरेको सुनाउनुभयो ।

उहाँले उक्त क्षेत्रमा युवापुस्ताको उल्लेख्य सहभागिता भएकोप्रति खुसीसमेत व्यक्त गर्नुभएको थियो ।