प्रचण्डको निर्वाचन क्षेत्र गोरखाकाे सिरानचोकमा धाँधली

गाेरखा, ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र गोरखा २मा धाँधली भएकाे भन्दै विवाद उत्पन्न भएको छ ।

सिरानचोक गाउँपालिकास्थित एउटा मतदान केन्द्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र दिएपछि विवाद उत्पन्न भएको हो ।

सिरानचोककाे हर्मी बुथमा धाँधली भएको दाबीसहित विवाद बढेपछि मतदान प्रभावित भएको छ ।

अहिले उक्त बुथमा सहमतिको प्रयास भइरहेको छ ।