आगामी साेमबार लगनगाँठो कस्दै सलोन र करिश्मा

काठमाडाैं, ९ मंसिर । अभिनेता शोभित बस्नेतका छाेरा सलोन बस्नेतले प्रेमिका करिश्मा केसी संग विवाह गर्ने भएका छन् ।

सलोन र करिश्माले यहि मंसिर १२ गते साेमबारका दिन लगनगाँठो कस्न लागेका हुन् ।

३१ वर्षिय सलोन र २४ वर्षिया करिश्माले ४ वर्षको प्रेमलाई पारिवारिक सहमतिमा विवाह गर्न लागेका हुन् ।

अभिनेता सलोन बस्नेतका प्रेमीका करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस हुन् ।

सलोन र करिश्माको विवाह भोज भने मंसिर १४ गते बुधबार होटल हायात प्यालेस सोल्टिमोडमा आयोजना गरिएको उनका बुबा शोभित बस्नेत ले बताए ।