समानुपातिकमा एमालेले कटायो २४ लाख, एकिकृत समाजवादीलाई थ्रेसहोल्डको गाँठो फुकाउन मुस्किल

काठमाडौँ, ११ मंसिर । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ८७ लाख ७४ हजार ६ सय ६१ मत गणना हुँदा सबै भन्दा बढी अर्थात् २४ लाख १३ हजार २ सय २२ मतसहित नेकपा (एमाले) सबै भन्दा पहिलो देखिएको छ ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख ९४ हजार ९ सय ८३ मतसहित दोस्रोमा छ भने माओवादीले १० लाख ५ हजार ६ सय ७९ मतसहित तेस्रो र स्वतन्त्र पार्टी ९ लाख ८३ हजार ५ सय २२ मतसहित चौथो स्थानमा छ । राप्रपाले ५ लाख १३ हजार ९ सय ११ मत ल्याएको छ ।
जनता समाजवादीले करीब ३ प्रतिशतको थ्रेसहोल्ड कटाएको छ । उसले ३ लाख ४ हजार ४९ मत ल्याउँदा एकिकृत समाजवादीले जम्मा २ लाख ३५ हजार ३ सय ७५ मात्रै मत ल्याएको छ । यो अवस्था हेर्दा एकिकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्ने ढोका बन्द हुने देखिएको छ । सिके राउतको जनमत पार्टीले पनि एकिकृत समाजवादीको हाराहारी अर्थात् २ लाख ३४ हजार १ सय २७ मत ल्याएको छ ।