अहिलेकै अवस्था कायमै रहे आगामी दिनमा नीजि क्षेत्रले हात उठाउने सम्भावना छः पूर्वअर्थमन्त्री पौडेल
काठमाडौं, १६ मंसिर। काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले सही नीति र सक्षम नेतृत्वले मुलुकको विकास र समृद्धि गर्ने र गलत नीति र नेतृत्वले विगार्ने बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले २६ औँ बार्षिकोत्सवमा आयोजना गरेको अन्तरक्रिर्या कार्यममा सम्वोधन गर्दै यस्तो बताउनु भएको हो । उहाँले कार्यक्रममा सम्वोधन गर्दै अहिलेको जनादेशबाट मुलुकमा राजनीतिक स्थिरता नहुने पनि बताउनुभयो ।
‘अहिलेको जनादेशले ५ बर्षको सरकार बन्ने सम्भावना कम रहेको छ,’ उहाँले भन्नुभयो, ‘अर्थतन्त्रको समस्या समाधान गर्न, कानुन संशोधन गर्न, आर्थिक क्षेत्रमा अबरोध गरेका कानुन संशोधन गर्न सरकार, निजि क्षेत्र, सहकारी लगायत सरोकारवाला निकायले छलफल गरेर समस्याको समाधान तत्काल सरकारले गर्नुपर्छ । उहाँले आर्थिक क्षेत्रमा असाधारण समस्या रहेको पनि बताउनुु भयो । समस्या समाधान गर्न सरकारले तत्काल काम गर्नु पर्ने उहाँको भनाई छ । ‘अहिलेको अवस्था कायमै रहे आगामी दिनमा नीजि क्षेत्रले हात उठाउने सम्भावना छ । तत्कालै सरकारले नीजि क्षेत्र सहकारी लगायतसँग बसेर समस्याको समाधान गर्नुपर्छ ।’
कसको नेतृत्वमा सरकार बन्दा देशको अर्थतन्त्र कति मागि उठ्यो, कति उठेन भनेर अध्ययन गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो । ‘पछिल्लो एक बर्षमा देशको अर्थतन्त्र कसको कारण खुम्चिएको हो त्यसको जिम्मा सम्बद्द पक्षले जिम्म लिनुपर्नु,’ उहाँले भन्नुभयो, ‘सबैले आफ्नो जिम्मेवारी लिनुपर्छ, जिम्मेवारीबाट कोहिपनि भाग्न मिल्दैन ।’
