एमालेका नेता गोकुल बास्कोटाको लाेकन्थलीकाे घरमा शंकास्पद वस्तु फेला

काठमाडाैं, १८ मंसिर । नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेकाे बास्कोटाको घरमा आज बिहान शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए ।

पाण्डेका अनुसार घरको बाहिर तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको छ। त्यसलाई डिस्पोज गर्न नेपाली सेनाको टोली पठाइएको पाण्डेले बताए ।

बास्कोटा मंसिर ४ मा भएको चुनावमा काभ्रे २ बाट निर्वाचित प्रतिनिधि सभा सांसद हुन् ।