ज्येष्ठ नागरिक सुविधाअन्तर्गत पूर्वमन्त्री रायमाझी कारागारबाट रिहा

काठमाडौँ,  कात्तिक २६ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहनुभएका पूर्वमन्त्री टोपबहादुर रायमाझी ज्येष्ठ नागरिक सुविधाअन्तर्गत आज कारागारबाट रिहा हुनुभएको छ । ६५ वर्ष उमेर पूरा हुनुभएका रायमाझी ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअनुसार डिल्लीबजार कारागारबाट रिहा हुनुभएको कारागार प्रशासक विक्रमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

कारागार प्रशासनले रिहा भएपछि रायमाझीलाई परिवारको जिम्मा लगाएको छ ।

सर्वोच्च अदालतले यही कात्तिक १६ गते रायमाझीलाई ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधा उपलब्ध गराउन कारागार प्रशासनलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा उहाँलाई रिहा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *