वीरगञ्ज कारागारबाट जबर्जस्ती करणी मुद्दाका कैदी फरार

कैदी फरार

काठमाडौँ, कार्तिक २६ । पर्सास्थित वीरगञ्ज कारागारबाट जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन् । पोखरिया नगरपालिका-सतबरियाका सुनील साह आज कारागार परिसरमा सरसफाइ गर्ने क्रममा सुरक्षा घेरा तोडेर फरार भएका हुन् ।

कैदी फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको टोली परिचालन गरी खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

वीरगञ्ज भारतसँगको खुला सीमा नजिकै रहेकाले फरार कैदी भारततर्फ जान सक्ने आशङ्कामा सीमावर्ती क्षेत्र र मुख्य नाकाहरूमा निगरानी बढाइएको छ । प्रहरीले सम्भावित आवागमनका मार्गमा सुरक्षा जाँचसमेत कडा पारेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *