प्रजातन्त्र पर्नुस्थापनाका लागि टंकप्रसाद आचार्यको असाधारण योगदान छः उपमेयर डंगोल

काठमाडौैँ, १८ मंसिर । नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रवर्तक एवं पूर्वप्रधानमन्त्री स्वर्गीय टंकप्रसाद आचार्यको १११ औँ जन्म जयन्तीका अवसरमा कोटेश्वरमा रहेको टंकप्रसाद आचार्यको सालिक परिसरमा श्रद्धाञ्जलिसभा सम्पन्न भएको छ ।

श्रद्धान्जली सभामा प्रमुख अतिथिको रुपमा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले तत्कालीन समयमा टंकप्रसाद आचार्यले जीवनमा राणशासन विरुद्धको क्रान्ति, प्रधानमन्त्रीत्वकालमा गरेका आमूल परिवर्तन र प्रजातन्त्र पर्नुस्थापनाका लागि राजनीतिक पार्टीहरु बीच पु¥याउनु भएको संयोजनकारी योगदानबारे चर्चा गर्नुभयो । ‘उहाँहरुले शुरु गर्नुभएको प्रजातानित्रक आन्दोलनबाट नै आज बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको स्थापना हुदै मुलकले गणतन्त्र प्राप्त गर्न सम्भव भएको छ,’ उहाँले भन्नुभयो, ‘उहाँका बारेमा अध्ययन गर्दा प्रजातन्त्र प्राप्तिका लागि उहाँको योगदान असाधारण रहेको पाएकी छु ।’

प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा नेकपा (एमाले) का केन्द्रीय सदस्य गोविन्दप्रसाद दुलालले नेपालमा राजनीतिक परिवर्तनद्वारा नागरिक सम्मान र मानव अधिकार, सामाजिक न्याय एवं प्रजातन्त्र तथा लोक कल्याणकारी राज्यको स्थापना गरी देशको राष्ट्रिय स्वाधीनताको मार्गलाई विकसित गरी सर्वतोमुखी विकास गर्ने हेतुले शताब्दी लामो जहानिया राणा शासनलाई जन संघर्षबाट अन्त्य गर्नु भएका आचार्यको जिवनीबाट हामीले धेरै कुरा सिक्न सकिने कुरा बताउनुभयो ।

कार्यक्रममा डा. मीना आचार्यलगायत आचार्य परिवारका सदस्यहरू र पूर्वमन्त्री शान्ता मानवी, सम्माननीय राष्ट्रपतिज्यू सुरक्षा सल्लाहकार नेत्रबहादुर थापा, प्राध्यापक डाक्टर कुन्दन अर्याललगायत सामाजिक एवं राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *