फिफा विश्वकप फुटबल

आज क्वाटरफाइनल चरण अघिका अन्तिम दुई खेल हुँदै

काठमाडौं, २० मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।

आजकाे खेलमा मोरक्को संग स्पेन तथा पोर्चुगल संग स्वीटजरल्याण्डकाे खेल हुनेछ । यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र क्वाटरफाइनल चरण पूरा हुनेछ ।

समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन बीचको खेल राति ८:४५ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ ।

त्यस्तै समूह एचको विजेता पोर्चुगल र समूह जीको उपविजेता स्वीटजरल्याण्डबीचको खेल लुसेस स्टेडियममा मध्यराति १२:४५ बजे हुनेछ ।