फिफा विश्वकप फुटबल

स्पेनलाई पेनाल्टीमा हराउँदै मोरक्को पहिलोपल्ट विश्वकप क्वाटरफाइनलमा

काठमाडौं, २१ मंसिर । अफ्रिकी राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

दोहाको एजुकेसन सिटी स्टेडियममा भएकाे खेलमा स्पेनलाई पेनाल्टी शुटआउटमा ३-० ले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको हाे ।

पेनाल्टीमा मोरक्कोका लागि अब्देलहमिद साबिरी, हाकिम जियाच र अच्रफ हाकिमीले गोल गरे
। गोलकिपर यासिन बोनोले दुई पेनाल्टी बचाएपछि मोरक्कोले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

निर्धारित ९० मिनेटकाे खेलमा गाेल गर्न नसकेपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन सकेन र पछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।

मोरक्को विश्वकप इतिहासमा क्वाटरफाइनलमा पुग्ने चौथो अफ्रिकी टिम बनेको छ ।