फिफा विश्वकप फुटबल

स्वीट्जरल्याण्डलाई फराकिलो गाेलअन्तरले हराउँदै पोर्चुगल क्वाटरफाइनलमा

काठमाडौं, २१ मंसिर । कतारमा जारी फिफा विश्वकपमा स्वीट्जरल्याण्डलाई फराकिलो गाेलअन्तरले हराउँदै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेकाे छ ।

स्वीट्जरल्याण्डलाई ६-१ को फराकिलो गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको हाे ।

रामोसले जाआओ फेलिक्सको पासमा १७औं मिनेटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । उनले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेका थिए ।

खेलकाे ५५औं मिनेटमा राफेल गुरेइरोले रामोसकै पासमा गोल गर्दै पोर्चुगलको अग्रता ४-० पुर्‍याए ।

खेलकाे ७१औं मिनेटमा रामोसले फेलिक्सको पासमा व्यक्तिगत तेस्रो गोल गर्दै पोर्चुगलको अग्रता फराकिलो बनाए । इन्जुरी टाइममा राफे लिआयोले गोल गर्दै पोर्चुगललाई ६-१ को जित दिलाए ।

पोर्चुगलले अब क्वाटरफाइनलमा अफ्रिकन टिम मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।