फिल्म हलमा फुटबल लाइभ प्रसारण गर्न नपाइने, बाेर्डले गर्याे यस्ताे निर्देशन

काठमाडौं, २३ मंसिर । कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम आठदेखिको खेल फिल्म हलमा लाइभ प्रसारण नगर्न चलचित्र विकास बोर्डले निर्देशन दिएकाे छ ।

शुक्रबार हलहरूले विश्वकप फुटबलको लाइभ प्रसारण देखाउने तयारी गरेको चर्चा चलेपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्ममात्रै प्रदर्शन गर्ने अधिकार पाएकाे हलमा फुटबलको लाइभ प्रसारण नगर्न पत्राचार गरेका छन् ।

“चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची–७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको खण्ड–७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तबमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरेका छौँ”, अध्यक्ष केसीले भने ।

बोर्डले नियमको पालना नगरे कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिँदै पत्रको बोधार्थ सबै जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र सङ्घलाई समेत दिएको छ ।