नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी, २४ मंसिर । नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको छ ।

कतारमा जारी विश्वकप फुटबलमा अतिरिक्त समयको खेल पनि बराबरीमा सकिएपछि खेल टाइब्रकेरमा पुगेको थियो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि दुवै टोली दबाबमा भए पनि थप गोल गर्न सकेनन् र खेल टाइब्रकेरमा पुग्यो ।

टाइब्रेकरमा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले सुरुका दुई प्रहार रोकेपछि रोमाञ्चक भनेको खेलमा अर्जेन्टिनाको चौथो प्रहार भने गोलमा परिणत हुन सकेन । यद्यपि, पाचौँ प्रहारमा अर्जेन्टिनाका लौतारो मार्टिनेजको सुन्दर प्रहारपछि अर्जेन्टिनाको जित भयो ।

टाइब्रकेरमा अर्जेन्टिनाको पहिलो प्रहार मेस्सीबाट भएको थियो । नेदरल्यान्ड्सका कप्तान भान डायकको प्रहार असफल भयो । स्टिभन बर्घुइस पनि गोल गर्न चुकेपछि थप दबाबमा नेदरल्यान्ड्स पर्याे।

खेलको ३५ औँ मिनेटमा लियोनल मेस्सीको पासमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाएपछि अग्रता कायम गरेको अर्जेन्टिनाले ७३ औं मिनेटमा मेस्सीले पेनाल्टी गोलपछि दोब्बर बन्यो ।

खेलको ८३ औँ मिनेटमा पहिलो गोल गरेको नेदरल्यान्ड्सले इन्जुरीबापत थपिएको १० मिनेटको अन्तिम समयमा दोस्रो गोल फर्काएर खेल बराबरीमा बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *