गुल्मीमा १७ वर्षीया किशोरी बलात्कृत

गुल्मी, २५ मंसिर । गुल्मीमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
मुसिकोट नगरपालिका-१ पखेरा बस्ने २१ वर्षीय दिपेन्द्र बिकले उक्त १७ वर्षीया किशोरीलाई बलात्कार गरेकाे अभियाेगमा प्रहरीले शनिबार पक्राउ गरेको छ ।
बिकले शुक्रबार बिहान १७ वर्षीया किशोरीलाई ललाइफकाई बलात्कार गरेकाे खबर प्राप्त भएपछि प्रहरी चौकी पौदिअमराईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।