माधवकुमार नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुट दर्ताको आरोप

काठमाडौं, १७ कात्तिक । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मन्त्रिपरिषद्बाट निर्णय गराई सार्वजनिक जग्गा छुट दर्ता गराएको आरोपमा अख्तियारले नेपालविरुद्ध मुद्दा पेस गरेको हो।

अख्तियारले विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता प्रक्रियामा अनियमितता भएको दाबी गरेको छ। हाल विशेष अदालतमा मुद्दा रुजु हुने क्रममा रहेको छ।

नेपालविरुद्ध यसअघि दायर भएको पतञ्जली जग्गा प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दासमेत विशेष अदालतमा विचाराधीन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *