अध्यादेशको विरोधमा अनेरास्ववियु

काठमाडौं, २७ मंसिर । सरकारले रेशम चौधरीलगायतलाई उन्मुक्ति दिन अध्यादेश ल्याएको भन्दै एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूले आज बिहान त्रिचन्द्र कलेज अगाडि प्रदर्शन गरेका छन् ।

अनेरास्ववियुका विद्यार्थीहरूले सरकारले रेशम चौधरी,मोहमद आलम लगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याएको भन्दै अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा विरोधप्रदर्शन गरेका हुन् ।

उनीहरुले प्लेकार्डमा रेशम चौधरी बहाना हो, अफ्ताव आलम छुटाउने चाहना हो , परमादेश अध्यादेश, ज्यानमारा बचाउने नालाएक सरकार मुर्दावाद, राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण गर्न बन्द गरौं जस्ता नारा लेखेर प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।