सिराहामा अवैध लागूऔषध सहित एक जना पक्राउ

सिरहा, ४ पुस । सिराहामा लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।

सिराहाको बरियारपट्टी गाउँपालिका ३ बरियारपट्टी चोकबाट प्रहरीले लागु औषध सहित २४ वर्षीय विजय मण्डललाई पक्राउ गरेको हो ।

उनको साथबाट लागूऔषध रेक्सकफडिएक्स १ बोतल, नाइट्राभेट १२ पिस, स्पास्मो ६ पिस सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सुखिपुर नगरपालिका ७ बस्ने मण्डललाई ईलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।