बेबारिसे अवैध ४० किलो गाँजा बरामद

सुनसरी, ५ पुस । बर्जु गाउँपालिका-६ स्थित नहरको डिलबाट अवैध लागूऔषध करिब ४० किलो गाँजा प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको प्रहरीले बेबारिसे अवस्थामा रहेको प्रदेश १-०२-०४३ प ९९३४ नम्बरको मोटरसाइकलसहित फेला पारी जाँच गर्ने क्रममा झोलामा रहेको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।