त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान प्रभावित
काठमाडौं, ७ पुस । काठमाडौंकाे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएकाे छ ।
उपत्यकामा आज बिहानैदेखि हुस्सु र कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएकाे हाे ।
बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार “खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ”, मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताउनुभयो ।