‘छक्का पञ्जा ४’काे प्रदर्शन फागुनमा
काठमाडाैं, ७ पुस । नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ आगामी फागनुमा रिलिज हुने भएको छ ।
चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने बताएका हुन् ।
चलचित्रले समसामयिक विषयवस्तु उठान गरेको गिरीको भनाइ छ ।
हेमराज विसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय हुनेछ ।
चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् ।