अवैध लागूऔषध सहित काठमाडौंकाे शंखपार्कबाट एक जना प्रक्राउ

काठमाडौं, ७ पुस । काठमाडौं महानगरपालिका-४ शंखपार्कबाट अवैध लागूऔषध सहित एक जना प्रक्राउ परेका छन् ।

ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-९ घर भएका २४ वर्षीय काजी शेर्पाकाे साथबाट अवैध लागूऔषध चरेसजस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हाे ।

चेकिङमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा पठाओ मोटरसाइकलमा सवार शेर्पाको साथबाट ६० ग्राम सहित फेला पारी थप अनुसन्धान गर्ने क्रममा उनी बस्ने गेष्ट हाउसको कोठाबाट थप ४० ग्राम र नगद ६ हजार ५ सय रूपैयाँ सहित उनलाई पक्राउ गरेको छ ।

प्रहरीले शेर्पालाई थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।