विश्र्व किर्तिमानी संगीतकार सन्तोषको संगीतमा कुमार सानुको ‘तिम्राे मायाँकाे सागरमा’

काठमाडाैं, ८ पुस । विश्र्व किर्तिमानी संगीतकार सन्तोष श्रेष्ठकाे संगीतमा गायक कुमार सानु र देविका बन्दनाको ‘तिम्राे मायाँकाे सागरमा’ सार्वजनिक भएको छ ।

गीतमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीले अभिनय गरेका छन् भने गीतकाे भिडियो रोमान्टिक रहेकाे छ । गीतमा शब्द सुरेन्द्र महर्जन ‘अमर’काे रहेकाे छ ।

गीतमा प्रियंका र आयुष्मानको उत्कृष्ट अभिनय रहेको गायिका देविकाकाे दाबी छ । गीतकाे म्युजिक भिडियो निकेश खड्काको निर्देशनमा बनेकाे छ भने बुद्ध थापाकाे छायांकन र विकास धमलाकाे सम्पादन रहेकाे छ ।