बारामा भारतीय नागरिकको गोली प्रहार गरी हत्या
बारा, ८ पुस । बारामा एक भारतीय नागरिककाे गोली प्रहार गरी हत्या गरेका छन् ।
महागढीमाई नगरपालिका-२ भुतही पुलमा भारतीय नम्बरको दुई मोटरसाइकलमा पाँच जनाकाे समूहमा आएका अपरिचित व्यक्तिले एक भारतीय नागरिकलाई गाेली प्रहार गरी हत्या गरेकाे जिल्ला प्रहरी कार्यालयका एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
मृतक भारतको मोतिहारी छौडादानो बस्ने ४५ वर्षीय शिवपुजन यादव रहेका छन्। उनको एलएस न्युरो अस्पताल परिवानीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी जनाएकाे छ ।
गोली हान्ने व्यक्तिहरू फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।