डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

काठमाडौ, १२ पुस । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिनुभयो । ।

उनलाई निलम्बन गर्ने प्रक्रियामा छ। त्यसपछि उनीमाथि थप अनुसन्धान अघि बढ्छ,’ उहाँले भन्नु भयो ।

प्रारम्भिक अनुसन्धानमा उनको शंकास्पद गतिविधि देखिएकै कारणले नियन्त्रणमा लिएको डिआइजी राईले बताउनु भयो ।
सुन व्यापारीहरूसँग रकम असुली गरेको सूचनापछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई आइतबार साँझ निवासबाट पक्राउ गरेको थियो।

उनको घरबाट ३५ तोला सुन, १८ लाख रुपैयाँको चेक बरामद भएको थियो।
गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरू गरेको थियो।

व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीमा सरूवा भएका केसी सोमबार रमाना लिएर जाने तयारीमा थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *