प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीबीच भेट

काठमाडौं, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच भेटघाट भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटघाटमा अहिले छलफल भइरहेकाे छ ।

भेटमा मन्त्रिपरिषद् विस्तार र सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भइरहेकाे ओली निकट स्रोतले जनाएकाे छ ।

बिहीबार भएकाे सत्ता साझेदार दलहरुकाे बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति गरेका थिए ।