राहदानीलगाएतका परिचय पत्र वितरण सहज बनाउन विज्ञ टोली गठन

काठमाडाैं, १६ पुस । गृह मन्त्रालयले राहदानीलगाएतका परिचय पत्र वितरण सहज बनाउन विज्ञ टोली गठन गरेका छन् ।

मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन विज्ञ टोली गठन गरेको हो ।

मन्त्रालयले गठन गरेकाे टोलीले अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधान गरिने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका थिए ।