संघीय व्यवस्था अहिले रक्षात्मक दिशातिर बढिरहेको छः राजेन्द्र श्रेष्ठ (भिडियो अन्तर्वार्ता)
काठमाडौं, १८ पुस । भर्खर सम्पन्न आम निर्वाचनको नतिजा धेरैको लागि अनपेक्षित भएको छ । यो चुनावले नयाँ नयाँ राजनीतिक शक्तिहरूको उदय गरेको छ भने यसैका कारण पुरानो राजनीतिक समीकरण प्रभावित भएको छ ।
अझ खास भनौं भने नेपालको नयाँ संविधानले प्रदत्त गरेको संघीय व्यवस्थामाथि नै प्रहार गर्ने राजनीतिक दलहरूले केही हदसम्म शक्ति हासिल गरेको देखिन्छ । नेपालमा संघीय व्यवस्था आवश्यक छैन भनी खुलेआम घोषणा गर्दै हिँड्ने दलहरूले प्राप्त गरेको यो मतसंख्याले भोलि संघीय प्रणालीमाथि अझ कडा प्रहार हुँदैन भन्न सकिने अवस्था रहेन ।
यसै क्रममा हामीले नेपालमा समावेशी शासन प्रणाली र संघीय व्यवस्था लागू गराउन शुरुदेखि नै बौद्धिक नेतृत्व प्रदान गर्दै आइरहनुभएका संघीयताविद् एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठसँग कुराकानी गरेका छौँ ।
उहाँ भन्नुहुन्छ, ‘चुनावको नयाँ नतिजाले संघीय व्यवस्था रक्षात्मक दिशातिर बढ्दै गइरहेको देखिएको छ । यो चिन्ताको विषय हो ।’
नेपाल एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएको कारणले केन्द्रमा साझेदारी शासन व प्रदेशमा स्वशासन चलाउने सिद्धान्त अनुरुप संघीय प्रणाली लागू गरिएको उहाँ बताउनुहुन्छ ।
संघीय प्रणालीले मुलुकको राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने र टुक्रिन लागेको देशलाई पनि विभाजनबाट बचाउने तर्क राख्दै उहाँले भन्नुभयो, ‘मलेशिया, स्वीट्जरल्याण्ड, युक्रेन आदि यस्ता देशहरू हुन् जसलाई संघीय व्यवस्थाले टुक्रिनबाट जोगाए ।’
प्रस्तुत छ, उहाँसँग गरिएको संक्षिप्त कुराकानी—