काठमाडौंकाे चन्द्रागिरीमा बैंकको एटिएम फोड्दै गरेका एकजना पक्राउ

काठमाडौं, १८ पुस । काठमाडौंकाे चन्द्रागिरीमा बैंकको एटिएम फोड्दै गरेकाे अवस्थामा एकजना पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय प्रकाश मगर रहेका छन् ।

प्रहरीले मगरलाई आइतबार राति स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा फेलापारेका थिए ।