नेकपा एकीकृत समाजवादीकाे चाैथाे बैठकबाट पनि निस्किएन निस्कर्ष, अब के हुन्छ ?

काठमाडाैं, १९ पुस । नेकपा एकीकृत समाजवादीकाे लगातार बसेकाे स्थायी कमिटी र पोलिटब्यूरोकाे चाैथाे बैठकबाट पनि पार्टीकाे स्पस्ट धारणा निस्कन सकेन ।

पार्टीकाे स्पस्ट धारणा निस्कन नसकेपछि एकीकृत समाजवादी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने कि नगर्नेबारे अझै पर्ख र हेरको अवस्थामा छ।

मंगलबार बसेको पोलिटब्युरो कमिटीको बैठकपछि पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले गठबन्धनको तर्फबाट औपचारिक प्रस्ताव नआएकाले अहिले नै निर्णय नलिएको बताए ।

खतिवडाले भने, ‘ सरकारप्रतिकाे धारणा नकारात्मक छैन । सरकारमा सहभागी हुने नहुने पोलिटब्‍युरो बैठकले केन्द्रीय सचिवालयलाई अधिकार प्रदान गरेको छ । केन्द्रीय सचिवालयले यसको बारेमा आवश्‍यक अध्ययन, अनुसन्धान, विचार विमर्श गरेर अन्तिम निर्णय लिनेछ ।