फिल्म ‘गुञ्जन’ काे ट्रेलर सार्वजनिक
काठमाडौं, २२ पुस । प्रेमकथामा बनेको फिल्म ‘गुञ्जन’ काे ट्रेलर सार्वजनिक भएकाे छ ।
बिहिबार राजधानीमा आयोजित फिल्मको ट्रेलर रिलिज कार्यक्रममा निर्माता हिराकृष्ण शाहीले भने गुञ्जन’ प्रेमकथामा बनेको फिल्म हो दर्शकलाई फिल्म मनपर्ने छन् । फिल्म एकदमै राम्रो बनेको छ । दर्शकले पनि रुचाउछन्’
कार्यक्रममा फिल्मको नयाँ ट्रेलर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी, करिब खड्का लगायको त्रिकोणत्मक प्रेमकथा देखाउन खोजिएको छ ।
ट्रेलर हेर्दा फिल्म राम्रो बनेको अनुमान लगाउन सकिन्छ । २ मिनेट ४६ सेकेन्डको ट्रेलर दर्शक लोभ्याउन सफल देखिन्छ । आगामी २९ गतेबाट प्रदर्शनमा आउँने फिल्म प्रेमकथामा बनेको हो । फिल्मलाई अष्ट महर्जनको निर्देशन गरेका हुन् ।
सारा र प्रितम र कबिरको अलवा फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ ।