नेप्से परिसूचक ९.०१ अंकले घट्दा, जलविद्युत्मा आकर्षित लगाानीकर्ता

काठमाडौं, ४ माघ। सेयर बजारमा लगानीकर्ताबीच जलविद्युत् कम्पनीमा आकर्षण देखिएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च मूल्यले सेयर बढ्ने कम्पनीमा जलविद्युत् क्षेत्रका थिए ।

जलविद्युत् क्षेत्रका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिए पनि नेप्से परिसूचक हरियो हुन सकेन । यस दिन नेप्से परिसूचक ९.०१ अंकले ओरालो लागेको छ । चार अर्ब ९२ करोड रुपैयाँको सेयर कारोबार भएको नेप्सेमा २४८ कम्पनीको सेयर किनबेच भएको छ ।

पछिल्लो समय निरन्तर बढिरहेको सेयर बजारले बुधबार सामान्य रूपमा करेक्सनको मुड लिएको हो ।

कारोबार रकमको आधारमा हेर्दा सबैजसो जलविद्युत् कम्पनी अगाडि देखिएका छन् । कारोबारका आधारमा ३५ करोड ७८ लाख रुपैयाँको कारोबार भएर रिडी हाइड्रोपावर अगाडि छ ।

१९ करोडको कारोबारले अपी दोस्रो स्थानमा छ । नेसनल हाइड्रो पावर १४ करोडको कारोबारले तेस्रो स्थानमा रह्यो ।

सबैभन्दा बढी कमाउने लगानीकर्तामा पिपुल्स हाइड्रोपावरका लगानीकर्ता छन् । गुमाउने लगानीकर्तामा साल्ट ट्रेडिङका लगानीकर्ता रहेका छन् ।